नयाँदिल्ली । बलिउड अभिनेत्री सनी लियोनीले दोस्रो पटक बिहे गरेकी छिन्। सन्नी र ड्यानियलले सन् २०११ मा विवाह गरेका थिए। बिहेको १३औं वार्षिकोत्सवमा ३१ अक्टोबरमा जोडीले माल्दिभ्समा फेरि विवाह गरेकी हुन्। तर, सन्नी र डेनियल दुवैले बिहेको तस्वीर सामाजिक सञ्जालमा शेयर गरेका छैनन् ।
बिहेमा दम्पतीका छोराछोरी निशा, नोआ र आशर मात्र उपस्थित रहेको थियो। मिडिया रिपोर्टका अनुसार शिख परम्परा अनुसार बिहे गरेका १३ वर्षपछि सन्नी र डेनियलले श्वेत वेडिङ रोजेका थिए। दुईले आफ्नो वैवाहिक वाचा बन्धन फेरि दोहोर्याउन चाहेका थिए, तर आफ्ना छोराछोरीले यो समारोहको महत्व बुझुन् भनेर उनीहरूले कुरिरहेका थिए ।
सन्नी लियोन र ड्यानियल वेबरले बिहेको लागि मालदिभ्स रोजेका थिए। यो उनीहरुको परिवारको मनपर्ने छुट्टी मनाउने ठाउँ भएकाले पनि यही ठाउँ रोजिएको बताइएको छ । दम्पतीले आफूहरू स्वयम्ले लेखेका वाचा पढ्दै तीनैजना छोराछोरीलाई आफ्नो लागि परिवारको महत्व के छ भन्ने बताएको पनि खबरमा भनिएको छ ।
डेनियलले सन्नीलाई नयाँ औँठी लगाइदिएका थिए। लामो समयसम्म डेटिङ गरेपछि सन्नी लियोनीले सन् २०११ को अप्रिल ९ मा डेनियल वेबरसँग विवाह गरेकी थिइन्। त्यसपछि दुवैले सन्नीको सिख परम्परा अनुसार बिहे गरेका थिए।
पूर्व पोर्नस्टार एवं बलिउड नायिका लियोनी र डेनियलको पहिलो भेट लस भेगासको एउटा रेष्टुरेन्टमा भएको थियो । जहाँ, डेनियल आफ्नो ब्यान्डसहित शोका लागि पुगेका थिए । सन्नी आफ्नो साथीहरूसँग छुट्टी मनाउन गएकी थिइन्।
सन्नीको भनाई अनुसार पहिलो भेटमा डेनियलले सन्नीको नाम सोधेर गएका थिए। अर्को दिन पनि सन्नी त्यही गइन्। डेनियलले उनलाई फूलको गुच्छा दिएर प्रेम प्रस्ताव राखेका थिए। सन्नीले विना कुनै हिच्किचाहट ओके गरेकी थिइन्। एजेन्सी ।