काठमाडौं । काठमाडौंको बौद्धबाट २० जना जुवाडे पक्राउ परेका छन्।
काठमाडौं महानगरपालिका-६ बौद्ध रामहिटी रामनगर पार्टी प्यालेस नजिकैबाट जुवा खेलिरहेका २० जनालाई पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।
परिसर र प्रहरी वृत्त बौद्धबाट खटिएको टोलीले २० जनालाई पक्राउ गरेको हो।
उनीहरूबाट ६ लाख ६९ हजार ८१० नगद बरामद गरेको छ।