शुक्रबार, कार्तिक १३ २०८३

शुक्रबार, कार्तिक १३ २०८३

दोहोरो अंकले घट्यो नेप्से

तीन वटा समुहले कमाउँदा १० वटा समुहले गुमाए

बुधबार, कार्तिक १४ २०८१

काठमाडौं । नेप्से घटेको छ । अघिल्लो दिन ४६ अंकले बढेको नेप्से तिहारअघिको अन्तिम कारोबार दिन आज बुधबार १४ दशमलव ४३ अंकले घटेर २६ सय ७७ दशमलव ६२ अंकमा झरेकोमा सेन्सिटिभ इन्डेक्स पनि दुई दशमलव ४६ अंकले घटेर चार सय ७८ दशमलव ८२ अंकमा पुगेको छ । तीन सय पाँच वटा कम्पनीहरुको ५९ हजार छ सय ९८ पटकको कारोबारमा एक करोड २० लाख ६९ हजार आठ सय ७८ कित्ता शेयर किनबेच हुँदा कुल कारोबार रकम पाँच अर्ब ९५ करोड ३९ लाख ५० हजार सात सय ८७ रुपैंयाँ कायम भएको छ।

नेप्सेमा आज १३ वटा समुहहरुको शेयर कारोबार भएका छन् । जसमध्ये निर्जीवन बीमा समुहको सुचक ६५ दशमलव ४२ अंकले बढेर १३ हजार दुई सय ६४ दशमलव ५२ अंकमा पुग्दा होटल तथा पर्यटन र व्यापार समुहको सुचक पनि बढेका छन् । बाँणिज्य बैंक समुहको सुचक भने आज ११ दशमलव शुन्य नौं अंकले घट्दा जलबिद्युत समुहको सुचक पनि ११ दशमलव ११ अंकले घटेको छ । जीवन बीमा समुहको सुचक पनि एक सय ३१ दशमलव शुन्य एक अंकले घट्दा बिकास बैंक, फाइनान्स, लगानी, उत्पादनमुलक, लघुवित्त र सामुहिक लगानी कोष समुहको सुचक पनि उच्च अंकले घटेका छन्।

नेप्सेमा आज गुराँस लघुवित्त वित्तीय संस्था संस्थाले सबैभन्दा बढी कमाउँदा जानकी फाईनान्सले सबैभन्दा बढी गुमाएको छ । सिईडिबी हाईड्रोपावर डेभलपमेन्ट कम्पनीको भने आज सबैभन्दा बढी रकम कारोबार भएको छ।