शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३

साफ महिला च्याम्पियनसिप

उपाधिका लागी नेपाल र बंगलादेश भिड्दै

खेल हेर्न प्रधानमन्त्री पनि रंगशाला जाने

बुधबार, कार्तिक १४ २०८१

काठमाडौं । साफ महिला च्याम्पियनसिप फुटबलअन्तर्गत आज उपाधिका लागी नेपाल र बंगलादेश मैदानमा उत्रदैछन्।

नेपाललाई बलियो प्रतिद्वन्द्वीको रुपमा रहेको बङ्गलादेशलाई पराजित गर्दै पहिलो पटक साफ (दक्षिण एसियाली फुटबल महासङ्घ) च्याम्पियनसिपको उपाधि जित्ने अवसर रहेको छ। यसअघि नेपाल पाँच पटक फाइनलमा पुगे पनि उपाधि जित्न सकेको छैन ।

साफ च्याम्पियनसिपको फाइनल खेल बुधबार साँझ ६ः३० बजे दशरथ रङ्गशालामा हुनेछ । खेल हेर्न प्रधानमन्त्री केपी शर्मा ओली समेत जाने छन् । उपाधि विजेतालाई प्रधानमन्त्री ओलीले पुरस्कार वितरण गर्ने छन् ।

जारी प्रतियोगितामा नेपालले भारत र बङ्गलादेशले भुटानलाई हराउँदै फाइनल यात्रा तय गरेका हुन् ।

नेपालले समूह चरणको खेलमा भुटानसँग गोलरहित बराबरी खेलेको थियो भने माल्दिभ्सलाई ११–० गोलअन्तरले हराएको थियो । त्यसैगरी नेपालले श्रीलङ्कालाई ६–० ले पराजित गरेको गरेको थियो ।बङ्गलादेशले समूहको पहिलो खेलमा पाकिस्तानसँग १–१ को बराबरी खेलेको थियो भने दोस्रो खेलमा भारतलाई ३–१ ले पराजित गरेको थियो ।