काठमाडौं । साफ महिला च्याम्पियनसिप फुटबलअन्तर्गत फाइनल खेलको टिकट अनलाइनमा किन्न नपाउने भएको छ । नेपाल र बंगलादेशबीच हुने फाइनल खेलको टिकट भौतिक रुपमा उपस्थित भएरै किन्नु पर्ने अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ ।
एन्फाको अनुसार ११ हजार टिकटमात्र टिकट बिक्री गरिनेछ । जसमध्ये साधारणतर्फ १० हजार र भीआईपीमा १ हजार टिकट रहेको छ।
प्रतियोगिता हुने दशरथ रंगशालाको प्यारापिट १५ हजार क्षमता छ ।
यसअघि एन्फाले प्रतियोगिताका लागि टिकट बिक्रीमा जिम्मा एक कम्पनीलाई दिएको थियो । तर, आइतबार साँझ भएको नेपाल र भारतबीचको सेमिफाइनलमा दशरथ रंगशालाको दर्शक क्षमताभन्दा बढि टिकट बिक्री गरेको पाइएपछि एन्फा आफैँले टिकट बिक्री गर्न लागेको हो ।
भद्रकाली आर्मी गेट र सातदोबाटोस्थित एन्फा कम्प्लेक्ससहित तीन ठाउँमा टिकट बिक्री हुनेछ ।