काठमाडौं । नेप्सेमा हरियाली देखिएको छ । अघिल्लो दिन २७ अंकले बढेको नेप्से आज मंगलबार पनि ४६ दशमलव ६९ अंकले बढेर २६ सय ९२ दशमलव शुन्य पाँच अंकमा पुग्दा सेन्सिटिभ पनि आठ दशमलव ३३ अंकले बढेर चार सय ८१ दशमलव २८ अंकमा चढेको छ । तीन सय १९ वटा कम्पनीहरुको ६८ हजार छ सय १४ पटकको कारोबारमा एक करोड ३३ लाख ७३ हजार चार सय ८१ कित्ता शेयर किनबेच हुँदा आज कुल कारोबार रकम छ अर्ब १२ करोड ८२ लाख ६४ हजार पाँच सय ८० रुपैंयाँ कायम भएको छ।
नेप्सेमा आज १३ वटा समुहहरुको शेयर कारोबार हुँदा सबै समुहहरुको सुचक बढेको छ । सो मध्ये बाँणिज्य बैंक समुहको सुचक २४ दशमलव २८ अंकले बढ्दा जलबिद्युत समुहको सुचक पनि ६६ दशमलव ६१ अंकले बढेको छ । जीवन बीमा समुहको सुचक पनि दुई सय ३६ दशमलव शुन्य पाँच अंकले बढ्दा निर्जीवन बीमा समुहको सुचक पनि चार सय ५९ दशमलव ८० अंकले बढेको छ । यसैगरी बिकास बैंक, फाईनान्स, होटल तथा पर्यटन, लगानी, उत्पादनमुलक, लघुवित्त, सामुहिक लगानी कोष, अन्य र व्यापार समुहको सुचक पनि उच्च अंकले बढेका छन्।
नेप्सेमा आज सप्तकोशी डेभलपमेन्ट बैंकले सबैभन्दा बढी कमाउँदा निफ्रा ऊर्जा ऋणपत्रले सबैभन्दा बढी गुमाएको छ । समृद्धि फाईनान्सको भने आज सबैभन्दा बढी रकम कारोबार भएको छ।