सोमबार, कार्तिक १६ २०८३

सोमबार, कार्तिक १६ २०८३

स्रोत नखुलेको रकम सहित एक जना पक्राउ

सोमबार, कार्तिक १२ २०८१

रौतहट । गौर नगरपालिका–२ दश गाजा जाने बाटोबाट स्रोत नखुलेको नगद ५ लाख रूपैयाँ सहित भारत ढाक्का थाना मोतिहारी ग्राम फुलबारिया–९ पूर्वी चम्पारण बिहार बस्ने ४८ वर्षीय त्रिभुवन प्रसाद चौधरीलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।

अस्थायी प्रहरी पोष्ट महादेव पट्टीबाट खटिएको प्रहरीले नेपालबाट भारततर्फ साइकलमा जाँदै गरेका उनलाई उक्त रकम सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।