काठमाडौं । नेप्सेमा हरियाली देखिएको छ । अघिल्लो दिन घटेको नेप्से आज सोमबार २७ दशमलव ४१ अंकले बढेर २६ सय ४५ दशमलव ३६ अंकमा पुगेकोमा सेन्सिटिभ इन्डेक्स पनि तीन दशमलव १४ अंकले बढेर चार सय ७२ दशमलव ९५ अंकमा पुगेको छ । तीन सय सात वटा कम्पनीहरुको ५८ हजार पाँच सय ५२ पटकको कारोबारमा एक करोड चार लाख १८ हजार नौं सय २६ कित्ता शेयर किनबेच हुँदा आज कुल कारोबार रकम पाँच अर्ब ३४ करोड ४८ लाख नौं सय १२ रुपैंयाँ कायम भएको छ।
नेप्सेमा आज १३ वटा समुहहरुको शेयर कारोबार हुँदा सबै समुहहरुको सुचक बढेर नेप्सेमा पुरै हरियाली छाएको छ । जसमध्ये मध्ये आज बाँणिज्य बैंक समुहको सुचक पाँच दशमलव १८ अंकले बढेर १५ सय आठ दशमलव ८१ अंकमा पुगेकोमा जलबिद्युत समुहको सुचक पनि ५१ दशमलव शुन्य आठ अंकले बढेर ३२ सय ७९ दशमलव ३८ अंकमा चढेको छ । जीवन बीमा समुहको सुचक पनि दुई सय ३६ दशमलव ६५ अंकले बढेर १३ हजार ६२ दशमलव ४३ अंकमा चढेकोमा निर्जीवन बीमा समुहको सुचक पनि ८१ दशमलव ९५ अंकले बढेर १२ हजार सात सय ३९ दशमलव २९ अंकमा चढेको छ । यसैगरी बिकास बैंक, फाईनान्स, होटल तथा पर्यटन, लगानी उत्पादनमुलक, लघुवित्त, सामुहिक लगानी कोष अन्य र व्यापार समुहको सुचक पनि उच्च अंकले बढेको छ ।
नेप्सेमा आज जानकी फाईनान्सले सबैभन्दा बढी कमाउँदा पिपुल्स हाईड्रोपावर कम्पनीले सबैभन्दा बढी गुमाएको छ । नेपाल फाईनान्सको भने आज सबैभन्दा बढी रकम कारोबार भएको छ।