शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३

भुटानलाई हराउँदै साविक विजेता बंगलादेश फाइनलमा

आइतबार, कार्तिक ११ २०८१

काठमाडौं । भुटानलाई हराउँदै साविक विजेता बंगलादेश साफ वुमन्स च्याम्पियनसिप २०२४ को फाइनलमा प्रवेश गरेको छ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आइतबार भएको पहिलो सेमिफाइनलमा बंगलादेशले भुटानलाई ७-१ ले हराउँदै लगातार दोस्रो पटक फाइनल पुगेको हो । बंगलादेश समग्रमा तेस्रो पटक फाइनल पुगेको हो।

बंगलादेशका लागी तोहुरा खातुनले ह्याट्रिक गरेकी थिइन्। उनले निर्धारित समयको १५औँ, ३५औँ र ५८औँ मिनेटमा गोल गरेकी हुन् । सविना खातुनले पनि दुई गोल गरिन्।

यसैगरी, रितु चकमा र मासुरा प्रविनले पनि एक–एक गोल गरे । भुटानका लागि भने एकमात्र गोल निर्धारित समयको ४१औँ मिनेटमा डेकी लहजुमले गरेकी हुन्।