पाँच वटा समुहले कमाउँदा आठ वटाले गुमाए
काठमाडौं । नेप्से घटेको छ । साताको पहिलो कारोबार दिन आज आईतबार नेप्से नौं दशमलव १९ अंकले घटेर २६ सय १७ दशमलव ९५ अंकमा झरेकोमा सेन्सिटिभ इन्डेक्स पनि चार दशमलव ४५ अंकले घटेर चार सय ६९ दशमलव ८० अंकमा पुगेको छ । तीन सय २० वटा कम्पनीहरुको ५६ हजार छ सय ४६ पटकको कारोबारमा एक करोड ११ लाख ३४ हजार एक सय ७८ कित्ता शेयर किनबेच हुँदा कारोबार रकम चार अर्ब ७३ करोड २४ लाख ८७ हजार आठ सय ६४ रुपैंयाँ कायम भएको छ।
नेप्सेमा आज १३ वटा समुहहरुको शेयर कारोबार हुँदा पाँच वटा समुहको सुचक बढेपनि बाँकी समुहहरुको सुचक भने घटेका छन् । सो मध्ये बाँणिज्य बैक समुहको सुचक १९ दशमलव ८४ अंकले घटेर १५ सय तीन दशमलव ६२ अंकमा पुगेकोमा निर्जीवन बीमा समुहको सुचक पनि ५५ दशमलव ९६ अंकले घटेर १२ हजार छ सय ५७ दशमलव ३३ अंकमा पुगेको छ । यि बाहेक बिकास बैंक, लगानी, उत्पादनमुलक, लघुवित्त, सामुहिक लगानी कोष र अन्य समुहको सुचक पनि घटेका छन् । फाईनान्स समुहको सुचक भने ३७ दशमलव १६ अंकले बढेर ३३ सय ६७ दशमलव ९४ अंकमा पुगेकोमा जीवन बीमा समुहको सुचक पनि एक सय ४६ दशमलव ७२ अंकले बढेर १२ हजार आठ सय २५ दशमलव ७८ अंकमा पुगेको छ । यसैगरी जलबिद्युत, होटल तथा पर्यटन र व्यापार समुहको सुचक पनि बढेका छन्।
नेप्सेमा आज लाईफ इ्न्स्योरेन्स कर्पोरेशन नेपाल लिमिटेडले सबैभन्दा बढी कमाएको छ भने नेपाल एसबिआई बैंकले सबैभन्दा बढी गुमाएको छ । आईसीएफसी फाईनान्सको भने आज सबैभन्दा बढी रकम कारोबार भएको छ।