काठमाडौँ । सत्ता पक्षीय दलका शीर्ष नेताबाट संयुक्त वक्तव्य जारी भएको छ। सरकारको सय दिन, समसामयिक मुद्दा र आगामी योजनाबारे सत्ता पक्षीय दलबाट संयुक्त वक्तव्य जारी भएको हो।
यसअघि शुक्रवार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकमा सरकारको समीक्षासहित आगामी दिनमा सरकारलाई प्रभावकारी बनाउनेबारे छलफल भएको थियो। छलफपछि आगामी दिनमा सरकारलाई कसरी प्रभावकारी बनाउने भन्ने संयुक्त वक्तव्य जारी गर्ने निर्णय भएको थियो।
बैठकले रास्वपा नेता कार्यकर्ताले प्रदर्शनका नाममा लोकतान्त्रिक वातावरण बिथोल्ने प्रयास गरेको निष्कर्ष निकालेको छ ।


