बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

अवैध लागूऔषध ब्राउनसुगर सहित एक जना पक्राउ

शुक्रबार, कार्तिक ९ २०८१

मोरङ । बिराटनगर महानगरपालिका–१५ एक नम्बर ढाँटबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ४० मिलिग्राम सहित उदयपुर त्रियुगा नगरपालिका–४ प्रगति टोल बस्ने १९ वर्षीय खगेन मगरलाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ।

कोशी प्रदेश प्रहरी कार्यालय, लागूऔषध नियन्त्रण ब्यूरो बिराटनगर र इलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।