शुक्रबार, कार्तिक १३ २०८३

शुक्रबार, कार्तिक १३ २०८३

एनएलजी इन्स्योरेन्सको बिशेष सभा सम्पन्न

बिहिबार, कार्तिक ८ २०८१

काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडले बिशेष साधारण सभा सम्पन्न गरेको छ । कम्पनीले बुधबार आम्रपाली व्याक्विट, थिरबम सडक, बालुवाटार, काठमाण्डौंमा बिशेष सभा सम्पन्न गरेको हो।

सभामा कम्पनीका अध्यक्ष विमल प्रसाद वाग्लेले विशेष साधारण सभा बोलाउनु पर्नाको कारणको पृष्ठभूमि सम्बन्धमा सभामा जानकारी गराएका थिए । कम्पनीको २०८० साउन १५ गते बसेको विशेष साधारण सभाबाट कायम रहेको चुक्ता पूँजी एक अर्ब ४५ करोड ९२ लाख ७५ हजर सात सय ९० रुपैंयाँको १० शेयर बराबर छ दशमलव छ शेयर (६६ प्रतिशत) ले हुन आउने ९६ करोड ३१ लाख २२ हजार २२ रुपैंयाँ बराबरको एक सय रुपैंयाँ अंकित दरका ९६ लाख ३१ हजार दुई सय २० दशमलव २२ कित्ता हकप्रद शेयर जारी गर्न विशेष प्रस्ताव पारित गरेको थियो । सो अनुसार कम्पनीको २०८० फागुन तीन गते सम्पन्न १८ औं वार्षिक साधारण सभाबाट कायम रहेको चुक्ता पूँजी एक अर्ब ४५ करोड ९२ लाख ७५ हजरा सात सय ९० रुपैंयाँको पाँच दशमलव ५० प्रतिशत बोनस शेयर पारित भई चुक्ता पूँजी एक अर्ब ५३ करोड ९५ लाख ३५ हजार नौं सय ५८ रुपैंयाँ कायम भइसकेको र सोही बमोजिम बोनश शेयर जारी तथा सूचिकरण भई कारोबार समेत भइरहेकोमा संचालक समितिको २०८१ भदौ २४ गते बसेको चार सय ४९औं बैठकबाट उक्त बोनश शेयर पश्चात कायम हुने चुक्ता पूँजी एक अर्ब ५३ करोड ९५ लाख ३५ हजार नौ सय ५८ रुपैंयाँको को ६२ दशमलव ५६ प्रतिशत अर्थात्.९६ करोड ३१ लाख २२, हजार २२ रुपैंयाँ हकप्रद शेयर जारी गर्ने निर्णय भए बमोजिम कम्पनीले जारी गर्ने हकप्रद शेयर संख्यामा फरक नपर्ने भएता पनि हकप्रद शेयर जारी गर्ने अनुपातमा फरक पर्न जाने देखिएकोले सो फरक अनुपात संशोधन गर्न बिशेष साधारण आयोजन गरेको हो।

सभाले चुक्ता पुँजी एक अर्ब ५३ करोड ९५ लाख ३५ हजार नौ सय ५८ रुपैंयाँ को १० शेयर बराबर ६.२५६ शेयर (६२.५६ प्रतिशत) को अनुपातले हकप्रद शेयर जारी गर्ने सम्बन्धी संचालक समितिको उक्त निर्णयलाई अनुमोदन गर्ने विशेष प्रस्ताव सभाबाट सर्वसम्मतिबाट पारित गरेको कम्पनीको भनाई छ।