बिहिबार, कार्तिक १२ २०८३

बिहिबार, कार्तिक १२ २०८३

रात्रिबसको ठक्करबाट झापामा एकै परिवारको दुईको मृत्युु

बुधबार, कार्तिक ७ २०८१

काठमाडौं । झापाको काँकडभिट्टाबाट काठमाडौँतर्फ जाँदै गरेको रात्रिबसले पूर्वपश्चिम राजमार्ग अन्तरगत कमल गाउँपालिकाको केर्खामा ठक्कर दिँदा दुईजनाको घटनास्थलमा नै मृत्यु भएको छ । मृत्यु हुनेमा कमल गाउँपालिका ३ का ६० वर्षीय टेकबहादुर लिम्बु र उनकी १० वर्षीया नातिनी कृपा लिम्बु छन् । उनीहरू इलेक्ट्रीक साइकलमा सवार थिए । हजुरबुवा र नातिनीको घटनास्थलमै मृत्यु भएको हो ।

आज नातिनीको जन्मदिन परेकोले हजुरबुबा नातिनीलाई घुमाएर घर फर्कदै थिए । उनीहरूले बोकेको बर्थडे केक र खानेकुरा सडकमा छरपष्ट भएको छ । इलेक्ट्रीक साइकल टुक्राटुक्रा भएको छ ।

घटना लगत्तै आक्रोशित स्थानीयले राजमार्ग अवरुद्ध पारेका छन् । ठक्कर दिने बस तोडफोड र आगजनी गरिएको छ। आक्रोसित भीडले केर्खा प्रहरी चौकी वीटमा समेत आगजनी गरेको छ । अहिले त्यहाँको स्थिति तनावग्रस्त छ । घटनास्थलमा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ ।