बिहिबार, कार्तिक २६ २०८३

बिहिबार, कार्तिक २६ २०८३

सरकारको सय दिन

प्रधानमन्त्रीले आज सरकारको उपलब्धि सार्वजनिक गर्दै

बुधबार, कार्तिक ७ २०८१

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको एक सय दिनको उपलब्धी आज सार्वजनिक गर्ने भएका छन् ।

प्रधानमन्त्रीको सचिवालयका अनुसार आज दिउँसो ३ बजे प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय सिंहदरबारबाट सरकारको सय दिनको उपलब्धि उनले सार्वजनिक गर्न लागेका हुन्।

प्रधानमन्त्री ओलीले एकसय दिनमा सरकारले गरेका कामहरुको विवरणबारेमा जानकारी गराउने र सरकारको आगामी तयारी र योजनाबारे समेत जानकारी गराउने प्रधानमन्त्रीको प्रेस संयोजक प्रकाश सिलवालले बताए ।

नेकपा एमालेका अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओली नेतृत्वको सरकारको मङ्गलबार एक सय दिन पुगेको छ । अध्यक्ष ओली नेपाली कांग्रेसको समर्थनमा २०८१ असार ३० गते प्रधानमन्त्रीमा नियुक्त भएका थिए ।