शुक्रबार, कार्तिक १३ २०८३

शुक्रबार, कार्तिक १३ २०८३

नेप्से राताम्मै, ५७ अंकले घट्दा झण्डै छ अर्बको कारोबार

सोमबार, कार्तिक ५ २०८१

काठमाडौं । नेप्से घटेर राताम्मै भएको छ । अघिल्लो दिन ४७ दशमलव ४४ अंकले घटेको नेप्से आज सोमबार पनि ५७ दशमलव ९९ अंकले घटेर २६ सय ३९ दशमलव ९२ अंकमा पुगेको छ भने सेन्सिटिभ इन्डेक्स पनि ११ दशमलव १४ अंकले घटेर चार सय ७६ दशमलव २४ अंकमा पुगेको छ । तीन सय १९ वटा कम्पनीहरुको ७२ हजार चार सय २५ पटकको कारोबारमा एक करोड ३८ लाख ६३ हजार चार सय ४३ कित्ता किनबेच भएकोमा कारोबार रकम पाँच अर्ब ९० करोड सात लाख ९१ हजार ४४ रुपैंयाँ कायम भएको छ।

नेप्सेमा आज १३ वटा समुहहरुको शेयर कारोबार हुँदा सबै समुहहरुको सुचक घटेका छन् । जसमध्ये बाँणिज्य बैंक समुहको सुचक ३६ दशमलव ६१ अंकले घटेर १५ सय ५५ दशमलव १७ अंकमा पुगेको छ भने जलबिद्युत समुहको सुचक पनि ६६ दशमलव ४३ अंकले घटेर तीन हजार एक सय ७३ दशमलव २२ अंकमा पुगेको छ । जीवन बीमा समुहको सुचक पनि दुई सय ८० दशमलव ७३ अंकले घटेर १२ हजार सात सय ४४ दशमलव ६० अंकमा पुगेको छ भने निर्जीवन बीमा समुहको सुचक पनि दुई सय २८ दशमलव ९६ अंकले घटेर १२ हजार सात सय ६६ दशमलव ३३ अंकमा पुगेको छ । यसैगरी बिकास बैंक, फाईनान्स, होटल तथा पर्यटन, लगानी, उत्पादनमुलक, लघुवित्त, सामुहिक लगानी कोष, अन्य र व्यापार समुहको सुचक पनि उच्च अंकले घटेका छन्।

नेप्सेमा आज वीन नेपाल लघुवित्त वित्तीय संस्थाले सबैभन्दा कमाएको छ भने ङादी ग्रुप पावर लिमिटेडले सबैभन्दा बढी गुमाएको छ । हिमालयन रि इन्स्योरेन्स कम्पनीको भने आज सबैभन्दा बढी रकम कारोबार भएको छ।