बिहिबार, कार्तिक २६ २०८३

बिहिबार, कार्तिक २६ २०८३

प्रधानमन्त्री ओली र देउवाबीच भेटवार्ता, राजनीतिक दलसम्बन्धी अध्यादेशबारे छलफल

सोमबार, कार्तिक ५ २०८१

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबिच भेटवार्ता भएको छ ।

आइतबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री ओली र सभापति देउवाबीच भेटवार्ता भएको हो ।

भेटवार्तामा पछिल्लो राजनीतिक घटनाक्रम, सरकारका काम बारे छलफल हुनुका साथै राजनीतिक दलसम्बन्धी अध्यादेशबारे छलफल भएको थियो ।

स्रोतका अनुसार प्रधानमन्त्री ओलीले अध्यादेश ल्याउन गरेको प्रस्तावमा कांग्रेस सभापति  देउवाले सहमति जनाएका थिए ।

विशेषगरी नेकपा (एकीकृत समाजवादी)लाई विभाजन गर्नेगरी अध्यादेश ल्याउन तयारी भएको हो ।

एकीकृत समाजवादीमा असन्तुष्ट कम्तिमा पाँच जना सांसद एमालेमा जान तयार छन् । एकीकृत समाजवादीका सांसद प्रेम आलेले माधव नेपालको पार्टीमा नहुने निश्चित भइसकेको बताए ।

गएराति देउवा र ओलीका बीचमा भएको छलफल विष्णु पौडेल, शंकर पोखरेल,  रमेश लेखक, गगन थापा, विष्णु रिमाल लगायतका नेताहरू बैठकमा सहभागी भएका थिए ।

यसबीच आज मन्त्रिपरिषद बैठक बस्दै छ । उक्त बैठकले दल सम्बन्धी अध्यादेश ल्याउने अनुमान गरिएको छ ।

अध्यादेश ल्याउने विषयमा कुराकानी भएको र आजैको बैठकमा ल्याउने वा पछि ल्याउने भन्ने विषयमा यकिन नभएको एक नेताले बताए ।