शुक्रबार, कार्तिक १३ २०८३

शुक्रबार, कार्तिक १३ २०८३

नेप्से घटेपनि कारोबार रकम बढ्यो

४७ अंकले घट्दा आठ अर्बको शेयर कारोबार

आइतबार, कार्तिक ४ २०८१

काठमाडौं । साताको पहिलो कारोबार दिन आज आईतबार नेप्से घटेपनि कारोबार रकम भने बढेको छ । नेप्से आज ४७ दशमलव ४४ अंकले घटेर २६ सय ९७ दशमलव ९१ अंकमा पुगेको छ भने सेन्सिटिभ इन्डेक्स पनि सात दशमलव ९१ अंकले घटेर चार सय ८७ दशमलव ३९ अंकमा पुगेको छ । तीन सय १५ वटा कम्पनीहरुको ८८ हजार सात सय १४ पटकको कारोबारमा आज दुई करोड आठ लाख ६८ हजार नौं सय १९ कित्ता शेयर किनबेच हुँदा कुल कारोबार रकम आठ अर्ब १८ करोड दुई लाख ६२ हजार पाँच सय ७२ रुपैंयाँ कायम भएको छ।

नेप्सेमा आज १३ वटा समुहको शेयर कारोबार हुँदा सामुहिक लगानी कोष समुहको सुचक स्थिर देखिए पनि बाँकी समुहहरुको सुचक उच्च अंकले घटेका छन् । सो मध्ये बाँणिज्य बैंक समुहको सुचक १६ दशमलव ४५ अंकले घट्दा जलबिद्युत समुहको सुचक पनि ७१ दशमलव शुन्य एक अंकले घटेको छ । जीवन बीमा समुहको सुचक पनि तीन सय २९ दशमलव २० अंकले घटेर १३ हजार ४१ दशमलव ६१ अंकमा पुगेको छ भने निर्जीवन बीमा समुहको सुचक पनि दुई सय एक दशमलव ८७ अंकले घटेर १२ हजार नौं सय ९५ दशमलव ३० अंकमा पुगेको छ । यसैगरी बिकास बैंक, फाईनान्स, होटल तथा पर्यटन, लगानी, उत्पादनमुलक, लघुवित्त अन्य र व्यापार समुहको सुचक पनि घटेर रातै भएका छन्।

नेप्सेमा आज कुथेली बुखारी स्मल हाईड्रो पावर कम्पनीले सबैभन्दा बढी कमाउँदा इष्र्टन हाईड्रोपावर कम्पनी लिमिटेडले सबैभन्दा बढी गुमाएको छ । गुडविल फाईनान्सको भने आज सबै भन्दा बढी रकम कारोबार भएको छ।