बाँके । इलाका प्रहरी कार्यालय कोहलपुरले नाबालिकालाई सामुहिक बलात्कार गरेको आरोपमा बाँकेमा ५ जना पक्राउ गरेको छ ।
प्रहरी कार्यालय कोहलपुरका प्रहरी नायव उपरिक्षक धर्मराज भन्डारीका अनुसार १२ वर्षिय बालिकालाई बलात्कार गरेको आरोपमा बाँके बैजनाथ गाउँपालिका वडा नम्बर १ करेलीका निशान रोकाया, सोही ठाउँका डम्मर बहादुर रोकाया, कोहलपुर गाभरका निर्मल थापा, बिजय कार्की, करेली बस्ने जिवन रोकायालाई पक्राउ गरिएको हो ।
असोज २७ र २८ गते कोहलपुर नगरपालिका वडा न ११ सुर्खेत रोड स्थित एक होटलमा नाबालिकालाई सामुहिक जबरजस्ति करणी गरेको सूचना प्राप्त भए पश्चात उनीहरुलाई बुधवार बेलुकी पक्राउ गरिएको उनले बताए ।
बालिकाको उपचार भैरहेको छ अवस्थाा सामान्य रहेको प्रहरीको भनाई छ ।