बिहिबार, कार्तिक १२ २०८३

बिहिबार, कार्तिक १२ २०८३

कोल इंग्ल्याण्डको वर्ष खेलाडी घोषित

बिहिबार, असोज २४ २०८१

काठमाडौं । कोल पाल्मर सन् २०२३/२४ का लागि इंग्ल्याण्डको वर्ष खेलाडी घोषित भएका छन्। फुटबल समर्थकको मतका आधारमा जुड बेलिंघम र बुकायो साकालाई पछि पार्दै चेल्सीका फरवार्ड पाल्मर इंग्ल्याण्डको वर्ष खेलाडी घोषित भएका हुन्। पाल्मरले गत वर्ष नोभेम्बरमा इंग्ल्याण्डका लागि डेब्यु गरेका थिए।

आफ्नो देशका लागि नौ खेल खेल्नुभएका उहाँले युरोकपको फाइनलमा स्पेनविरुद्ध एक गोल गरे पनि ग्यारेथ साउथ गेटको टोली २–१ पराजित भएको थियो । पाल्मरको नाममा दुई अन्तर्राष्ट्रिय गोलसमेत छ । गत ग्रिष्मयाममा म्यानचेस्टर सिटीबाट चेल्सी आउनुभएका पाल्मरले सबै प्रतियोगितामा २५ गोल थियो गरेका थिए। इंग्ल्याण्ड महिला वर्ष खेलाडीको घोषणा एक महिना पछि गरिनेछ ।