बुधबार, साउन १३ २०८३

बुधबार, साउन १३ २०८३

ग्लोबल आइएमई र युएईको माइजोईबीच सहकार्य

बिहिबार, असोज २४ २०८१

काठमाडौं । ग्लोबल आइएमई बैंक र माइजोईबीच सम्झौता भएको छ । युएईबाट नेपालमा सजिलै रकम पठाउन सकिने ग्लोबल आइएमई बैंक र माइजोईबीच रेमिट्यान्स पठाउन सहज माध्यम बनाउन सम्झौता भएको हो।

सम्झौताअनुसार रोजगारीका क्रममा युएईमा रहेका नेपालीहरूले माइजोईको रेमिट्यान्स एपबाट सहजरूपमा आफ्नो परिवार तथा साथीभाइलाई नेपालमा रेमिट्यान्स पठाउन सक्नेछन् । सो अवसरमा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेलले माइजोई वित्तीय समावेशीकरणमा बलियो फोकस भएको अग्रगामी डिजिटल प्लेटफर्म रहेकाले साझेदारी गर्न पाउँदा बैंक उत्साहित भएको बताए । त्यसैगरी माइजोईका प्रमुख कार्यकारी अधिकृत साएद अलीले युएईमा रहेका नेपाली कामदारले आफ्ना प्रियजनलाई पैसा पठाउने द्रुत, सुविधाजनक र सुरक्षित तरिकामा पहुँच सुनिश्चित गर्दै ग्लोबल आइएमई बैंकसँग यात्रा सुरु गर्न पाउँदा माइजोई रोमाञ्चित रहेको बताए। स्ट्याण्डर्ड चार्टर्ड बैंकको पूर्ण स्वामित्वमा रहेको माइजोईले नवप्रवर्तन तथा फिनटेकका माध्यमबाट संसारभर रेमिट्यान्स सुविधा प्रदान गर्दै आएको छ ।