बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

पर्वतको महाशिलामा जिप दुर्घटना हुँदा १२ जना घाइते

बिहिबार, असोज २४ २०८१

पर्वत । जिल्लाको महाशिला गाउँपालिका–५ लुंखुदेउरालीमा बुधवार राति भएको जिप दुर्घटनामा १२ जना घाइते भएका छन्।

जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्वतका प्रहरी नायव निरीक्षक सिताराम ओझाका अनुसार बुधवार राति करिब नौ बजेको समयमा जिप सडकबाट झन्डै एक सय मिटर तल खसेको थियो।

कुश्मा हुँदै लुंखुतर्फ जाँदै गरेको बी ए ए १९९४ नम्बरको स्कर्पीयो चालकले नियन्त्रण गुमाउँदा सडकबाट खसेको हो। जिपमा सवार रहेका १२ जनामध्ये चार जनालाई थप उपचारको लागि पर्वत अस्पतालबाट पोखरा पठाइएको छ।

टाउकोमा चोट लागेका महाशिला गाउँपालिका–५ का १५ वर्षीय दिनेशजंग गुरुङ र छातीमा चोट भएकी महाशिला गाउँपालिका–३ की ४५ वर्षिया पवित्रा गुरुङलाई थप उपचारको लागि पोखरा फूलबारीका सैनिक अस्पतालमा पठाइएको छ।

यस्तै निधारमा चोट लागेका महाशिला गाउँपालिका–५ कै ओमबहादुर मल्ल तथा टाउको र ढाडमा चोट लागेकी सोही ठाउँकी ४३ वर्षिया प्रमीला सिंह ठकुरीलाई पोखराकै गण्डकी मेडिकल कलेजमा पठाइएको छ।