बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

लुम्बिनीका प्रदेश प्रमुखले फिर्ता गरे दुई विधेयक

बुधबार, असोज २३ २०८१

काठमाडौँ – लुम्बिनी प्रदेशका प्रदेश प्रमुख कृष्णबहादुर घर्तीले प्रमाणीकरणका लागि प्राप्त दुई वटा विधेक राय सुझावसहित प्रदेश सभामा फिर्ता पठाएका छन् । पुनर्विचारका लागि भन्दै उनले प्रदेश सभामा विधेयक फिर्ता गरेका हुन् ।

प्रदेश निजामती सेवा ऐन २०८० लाई संशोधन गर्न बनेको विधेयक र स्थानीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका शर्त सम्बन्धमा व्यवस्थापन गर्न बनेको विधेक पुनर्विचारको लागि भन्दै फिर्ता पठाएको प्रदेश प्रमुख कार्यालयका सचिव वेदप्रसाद खरेलले विज्ञप्ति मार्फत जानकारी गराएका छन् ।

प्रदेश प्रमुख कार्यालयका सचिव वेदप्रसाद खरेलले विज्ञप्तिमार्फत दुबै विधेयक फिर्ता पठाइएको जानकारी गराएका छन् । विधेयकले आफूहरुमाथि अन्याय भएको भन्दै स्वास्थ्य सेवाका सातौं तहका कर्मचारीहरु आन्दोलनमा थिए ।