सोमबार, कार्तिक १६ २०८३

सोमबार, कार्तिक १६ २०८३

वैदेशिक र निजी लगानी आकर्षित गर्ने योजनामा छौँ : अर्थमन्त्री पौडेल

मंगलबार, असोज २२ २०८१

काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले वर्तमान सरकार मुलुकभित्रै औद्योगिक वातावरण तयार गरी वैदेशिक र निजी लगानी आकर्षित गर्ने योजनामा रहेको बताएका छन्।

मंगलवार अन्तर्राष्ट्रिय ट्रेड युनियन महासंघको २६ औं क्षेत्रिय परिषद्को उद्घाटन समारोहमा बोल्दै अर्थमन्त्री पौडेलले यस्तो बताएका हुन्। उनले औद्योगिक क्षेत्रमा वैदेशिक र निजी लगानी वृद्धि भएमा स्वदेशमा नै मर्यादित रोजगारीका अवसर सिर्जना गर्न सकिने उल्लेख गरेको छन्। असल औद्योगिक वातावरण तयार गर्न ट्रेड युनियन कर्मीको भुमिका महत्वपूर्ण रहेको अर्थमन्त्रीको भनाई रहेको छ।

अर्थमन्त्री पौडेलले वर्तमान सरकार श्रमिक र उद्यमी व्यवसायीहरुबीच सुुमधुर सम्बन्ध कायम गर्दै व्यवस्थापनमा श्रमिकको सहभागितालाई प्रोसाहन गर्ने नीति लिएको बताए। उनले श्रम सम्बन्ध सुधारको लागि श्रमसम्बन्ध समितिको व्यवस्था गरी औद्योगिक वातावरण निर्माणमा सरकार केन्द्रित रहेको उल्लेख गरेँ। उनले नेपालको सन्दर्भमा श्रमिकलाई सबैभन्दा बढी आवश्यकता,प्रभावकारी सामाजिक सुरक्षाको व्यवस्था रहेको बताए ।