बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

पुण्य गौतममाथि रड प्रहार: आइसीयुमा उपचार हुँदै

मंगलबार, असोज २२ २०८१

काठमाडौं । सामाजिक सञ्जालका विभिन्न प्लेटफर्ममा अन्तरवार्ता दिएर भाइरल भएका पुण्य गौतममाथि जोरपाटीमा आक्रमण भएको छ । सोमबार राति साढे ९ बजे घर फर्किँदै गर्दा घर नजिकै अज्ञात व्यक्तिले रडले आक्रमण गरेको हो ।

गौतमका अनुसार आक्रमणकारी एक जना मात्र थिए, र उनले चिनेनन् । रडको प्रहारले गौतमको टाउकोमा गहिरो चोट लागेको छ । बचाउने प्रयासमा उनको हातमा पनि चोट लागेको छ । उनलाई तत्काल स्थानीयले नेपाल मेडिकल कलेज, जोरपाटी पुर्‍याइएका थिए ।

जहाँ आकस्मिक कक्षमा टाउकोमा दर्जन बढी टाँका लगाइएको छ । टाउकाको नशामा रगत जमेकाले थप उपचारका लागि अहिले गौतमलाई आइसियुमा राखिएको छ ।

घटनाबारे प्रहरी अनुसन्धान जारी छ । गौतम पछिल्लो समय बाढी पहिरोबाट पीडित भएका व्यक्तिको राहतमा वितरणमा सक्रिय थिए ।