दुई वटा समुहले गुमाउँदा ११ वटा समुहले कमाए
काठमाडौं । नेप्से बढेको छ । अघिल्लो दिन ५६ अंकले बढेको नेप्से आज सोमबार पुन ३७ दशमलव १३ अंकले बढेर २६ सय ९० दशमलव ७२ अंकमा चढेकोमा सेन्सिटिभ इन्डेक्स पनि सात दशमलव ३२ अंकले बढेर चार सय ८३ दशमलव ७८ अंकमा चढेको छ । तीन सय पाँच वटा कम्पनीहरुको ७३ हजार एक सय १९ पटकको कारोबारमा आज एक करोड ५८ लाख ४५ हजार चार सय ४९ कित्ता शेयर किनबेच भएका छन् । जसबाट आज कुल कारोबार रकम सात अर्ब नौं करोड ५९ लाख ५३ हजार २७ रुपैैंयाँ कायम भएको छ।
नेप्सेमा आज १३ वटा समुहहरुको शेयर कारोबार हुँदा फाईनान्स समुहको सुुचक २३ दशमलव ९६ अंकले घटेको छ भने उत्पादनमुलक समुहको सुचक पनि ९३ दशमलव ९६ अंकले घटेको छ । यि बाहेक बाँणिज्य बैक समुहको सुचक २९ दशमलव शुन्य चार अंकले बढेर १५ सय ५० दशमलव ९९ अंकमा चढेकोे छ भने जलबिद्युत समुहको सुचक पनि ३३ दशमलव ६३ अंकले बढेर ३२ सय ३६ दशमलव ४३ अंकमा चढेको छ । जीवन बीमा समुहको सुचक पनि एक सय ४४ दशमलव ८६ अंकले बढेर १३ हजार एक सय ७९ दशमलव ५४ अंकमा चढेकोमा निर्जीवन बीमा समुहको सुचक पनि एक सय १४ दशमलव ६२ अंकले बढेर १३ हजार एक सय २९ दशमलव ६८ अंकमा चढेको छ । यसैगरी बिकास बैंक, होटल तथा पर्यटन, लगानी, लघुवित्त, सामुहिक लगानी कोष, अन्य र व्यापार समुहको सुचक पनि बढेका छन्।
नेप्सेमा आज थ्रि स्टार हाईड्रो पावर लिमिटेडले सबैभन्दा बढी कमाउँदा इष्र्टन हाईड्रोपावर लिमिटेडले सबैभन्दा बढी गुमाएको छ । चन्द्रागिरी हिल्स लिमिटेडको भने आज सबैभन्दा बढी रकम कारोबार भएको छ।