काठमाडौँ । काठमाडौँबाट विराटनगर जाँदै गरेको हायस सिन्धुलीको सिस्नेरीमा दुर्घटनामा परेको छ ।
शुक्रबार काठमाडौँबाट विराटनगर जाँदै गरेको बा ५ ख ६६१८ नम्बरको हायस दुर्घटना भएको हो ।
दुर्घटनामा परेर १५ जना घाइते भएका छन् ।
उनीहरुलाई सिन्धुली अस्पतालमा सामान्य उपचारपछि धरानस्थित वीपी स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको प्रहरीले जनाएको छ ।
काठमाडौंबाट पूर्व जाने साना सवारीसाधनले बीपी राजमार्ग अवरुद्ध बनेपछि विकल्पका रुपमा यो बाटो प्रयोग गर्दै आएका छन् ।