बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

अलराउन्डरतर्फको टी-२० विश्व वरीयतामा दीपेन्द्रसिंह ऐरी दोस्रो स्थानमा

बुधबार, असोज १६ २०८१

काठमाडौंं । आईसीसी टी–२० अन्तर्राष्ट्रिय अलराउन्डरतर्फको वरीयतामा नेपालका दीपेन्द्रसिंह ऐरी दोस्रो स्थानमा उक्लिएका छन् । एकैपटक चार स्थान फड्का मार्दै उनी २३० रेटिङका साथ विश्वकै दोस्रो स्थानमा पुगेका हुन् । उनले अष्ट्रलियका मार्कुस इष्टोइनिस जिम्बाबेका सिकन्दर राजालगायतलाई पछि पारे ।

पहिलो स्थानमा भने इंग्ल्यान्डका लाइम लिभिङस्टोन छन् ।