शुक्रबार, कार्तिक १३ २०८३

शुक्रबार, कार्तिक १३ २०८३

चलचित्रसम्बन्धी कार्यका लागि निःशुक हल

बुधबार, असोज १६ २०८१

काठमाडौं । चलचित्र विकास बोर्डले नेपाली चलचित्रको प्रेस मिट, गीत रिलिज र ट्रेलर रिलिजका लागि आफ्नो हल निःशुल्क उपलब्ध गराउने भएको छ । चलचित्रको कार्यक्रमका लागि बोर्डले प्रति कार्यक्रम दुई घण्टा निःशुल्क हल उपलब्ध गराउने भएको हो ।

चलचित्र विकास बोर्ड सदस्य रवि अधिकारीले बोर्ड अध्यक्षमा दिनेश डिसी आएपछि चलचित्रको कार्यक्रमका लागि निःशुल्क हल उपलब्ध गराउने निर्णय भएको जानकारी गराए।