बिहिबार, कार्तिक २६ २०८३

बिहिबार, कार्तिक २६ २०८३

प्रचण्ड कै षडयन्त्र पश्चात विद्यार्थीबीच कुर्सी हानाहान

बुधबार, असोज १६ २०८१

काठमाडाैं – माओवादी निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीभित्र अध्यक्ष प्रचण्डले भाँडभैलो मच्चाएको आरोप लागेको छ । अध्यक्ष प्रचण्डको आफ्नोतर्फकाे खास उम्मेदवार नभएका कारण उनले सबै उम्मेदवारलाई विभिन्न आश्वसन दिने र उमेर हदको व्यवस्था गर्न भनेपछि हिंसात्मक कार्य सुरू भएको छ। प्रचण्डको उक्त आदेशपछि सम्मेलन स्थलमा कुर्सी हानाहान समेत भएको छ ।

प्रचण्डले आफू अनुकूलको अध्यक्ष बनाउनका लागि उमेर हदको व्यवस्था गर्न लगाएकाे आराेप विद्यार्थीहरूले लगाएका छन् । त्यसमा एउटै उमेर हद मात्रै नभएर तीन वटा प्रस्ताव गरेका छन् ।

उमेर हद २८ बर्ष, ३० बर्ष र ३२ बर्षमध्ये एउटा प्रस्ताव गरेका थिए । २८ बर्ष, ३० बर्ष र ३२ बर्षमध्ये एउटा प्रस्तावमा सहमति नजुटे उमेर हद कुन राख्ने भनेर मतदान गरेर टुंग्याउन पनि आग्रह गरेका थिए ।

अखिल क्रान्तिकारीभित्र उमेर हद राख्ने कि नराख्ने भन्नेमा मतदान गर्ने र त्यसमा उमेर हद राख्ने पक्षमा बहुमत आए कुन उमेर समूहलाई मान्ने भनेर मतदान गराउन प्रचण्डले भनेका थिए । त्यही आधारमा मतदानको तयारी हुँदा कुर्सी हानाहानकाे हिंसात्मक घटना भएको हो ।

त्यस्तो अवस्थामा अहिलेका पदाधिकारीहरु अधिकांश अध्यक्षको दावीबाट बाहिर हुन्छन् । अध्यक्ष, उपाध्यक्ष र महासचिवसहितको पंक्ति बाहिरिने हुँदा सचिवदेखि सचिवालय तहका नेताहरु अध्यक्षको पक्षमा हुन्छन् ।

त्यसैले अध्यक्षमा नयाँ मान्छे ल्याउने र त्यो आफ्नाे कोटाको बनाउन प्रचण्डले त्यस्तो षडयन्त्रमूलक रणनीति अख्तियार गरेको चर्चा अखिल क्रान्तिकारीमा भइरहेको छ । प्रचण्डले हिजो २०८१ असाेज १४ गते त्यस्तो निर्देशन दिएपनि अहिलेसम्म टुंगो भने लागेको छैन ।

आज असाेज १५ गते पनि विद्यार्थी नेताहरु कीर्तिपुरमा जम्मा भएका छन् । तर, प्रचण्डको निर्देशनले माओवादी निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीकाे याे सम्मेलन नै भताभुंग हुने अवस्थामा पुगेको विद्यार्थीहरू बताउछन् ।

२०८१ असाेज १० गतेदेखि जारी २३औं महाधिवेशनले नयाँ नेतृत्व चयन गर्ने तालिका रहेपनि असाेज १४ गतेका लागि तोकिएको निर्वाचनको प्रक्रिया अहिलेसम्म सुरु नै हुन सकेको छैन । साँघु साप्ताहिकबाट