बिहिबार, कार्तिक २६ २०८३

बिहिबार, कार्तिक २६ २०८३

नयाँ हुने प्रधान न्यायाधीशको आज छिनोफानो !

बुधबार, असोज १६ २०८१

काठमाडौँ – संसदीय सुनुवाइ विशेष समितिको बैठक आज बस्दैछ। समितिको बैठकले सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा प्रस्तावित न्यायाधीश प्रकाशमानसिंह राउतको संसदीय सुनुवाइ गर्ने भएको छ ।

प्रधानन्यायाधीशमा प्रस्तावित राउतका सम्बन्धमा उजुरी दर्ता गराउनेहरूसँग मंगलबार सुनुवाइ समितिले छलफल गरेको छ । राउतविरुद्ध ६ वटा उजुरी दर्ता भएका छन् । बैठकमा प्रस्तावित प्रधानन्यायाधीश राउतको कार्ययोजनासमेत अध्ययनका लागि सदस्यहरूलाई उपलब्ध गराइएको छ ।

संवैधानिक परिषद्को भदौ ३१ गतेको बैठकले प्रधानन्यायाधीशमा राउतको नाम सिफारिस गरेको थियो । बहालवाला प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको कार्यकाल असोज १९ मा सकिन लागेको छ ।