शुक्रबार, कार्तिक १३ २०८३

शुक्रबार, कार्तिक १३ २०८३

दशैं आयो सांगितिक साँझमा ग्राहकलाई झुमाउँदै कासा लाउन्ज

मंगलबार, असोज १५ २०८१

काठमाडौं । कासा लाउन्जले आगामी असोज १९ गते दशैं विशेष सांगितिक कार्यक्रम गर्ने भएको छ । दरमार्गमा रहेको कासालाउन्जले आफ्नो उत्कृष्ट सेवाबारे जानकारी दिदै दशैं आयो सांगितिक साझ आयोजना गर्न लागेको सञ्चालक रामप्यारा श्रेष्ठले जानकारी दिए । उनका अनुसार क्लासिक भ्वाइस झल्को दिने गरी ९० दशकका चर्तित गायकहरु कर्णदास, संञ्जय श्रेष्ठलगायतले प्रस्तुति दिने कार्यक्रम रहेको छ।

आफ्नै सांगितिक ब्यान्डले पनि विशेष प्रस्तुति हुने सञ्चालक श्रेष्ठले बताए । आसोज १९ गते हुने यो कार्यक्रममा ग्राहकहरुलाई विशेष छुटको समेत व्यस्था गरिएको कासा लाउन्जले जनाएको छ।

यसअघि पनि हरेक वर्ष दशैं अवसर पारेर कासा लाउन्जले सांगितिक कार्यक्रम गर्दै आएको थियो । यो वर्षको कार्यक्रमले कासा लाउन्जको चर्चा र उचाइ थप बढ्ने सञ्चालकको विश्वास छ।