बुधबार, साउन १३ २०८३

बुधबार, साउन १३ २०८३

सरकारी राहत कोषमा एमालेले ५० लाख जम्मा गर्ने

मंगलबार, असोज १५ २०८१

काठमाडौं । नेकपा (एमाले) ले बाढी तथा पहिरो पीडितहरुलाई राहत दिन सरकारी कोषमा ५० लाख जम्मा गर्ने भएको छ ।

आज बसेरा होटलमा बसेको सचिवालय बैठकले यस्तो निर्णय लिएको महासचिव शंकर पोखरेलले जानकारी दिए ।

विपत्तिमा परेकाहरुको राहत र उद्धारमा पार्टी पँक्तिलाई खटाईएको र यो क्रमलाई निरन्तरता दिने निर्णय भएको पनि पोखरेलले जनाए ।

यस्तै, अहिले पार्टीका सबै कार्यक्रमहरु स्थगन गरिएको छ ।

पार्टी केन्द्रीय कार्यालय च्यासल डुबानमा परेपछि एमालेले होटलमा बैठक राखेको थियाे ।