काठमाडौं । ‘मन बिनाको धन ठूलो कि, धन बिनाको मन’ चलचित्र निर्माण हुने भएको छ । गायक एवं संगीतकार टंक बुढाथोकीले आफ्नो लोकप्रिय गीत ‘मन बिनाको धन ठूलो कि, धन बिनाको मन’ शीर्षकमा चलचित्र बनाउन लागेका हुन्।
उनले यो नामको चलचित्र विकास बोर्डमा दर्ता गराएका छन्। टंक आफैंले निर्माण निर्देशन गर्न लागेको चलचित्रको कार्यकारी निर्मातामा लक्ष्मी गिरी र सहनिर्मातामा विनय अधिकारी रहेका छन्।
यस चलचित्रबाट बालगायक अशोक दर्जी र एआर बुढाथोकीले अभिनयमा डेब्यु गर्ने भएका छन्। यसै चलचित्रबाट अर्का व्यक्ति रमेश बिक नायकको रूपमा डेब्यु गर्दैछन्। चलचित्रको नायिका भने छनौटको चरणमा रहेको निर्देशक बुढाथोकीले जानकारी गराए।
बुढाथोकीकै कथा रहेको चलसचत्रको पटकथा एवं संवाद शिवम् अधिकारीले लेखेका छन्। तिहारलगतै चलचित्रको छायाँकनमा जाने बुढाथोकीले बताए।