काठमाडौं । नवलपरासी बर्दघाट-४ दाउन्ने जंगलमा रहेको खुर्सानीखोलास्थित पूर्वपश्चिम राजमार्ग एकतर्फी खुलेको छ।
सोमबार साँझ ५ बजेतिर बाटो भासिएपछि पूर्व-पश्चिम राजमार्ग पूर्णरूपमा अवरुद्ध भएको थियो।
मर्मतपश्चात राजमार्ग एकतर्फी खुलेको जिल्ला प्रहरी कार्यालय नवलपरासी पश्चिमका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रेशम बोहराले जानकारी दिए।
राति ११ बजेदेखि डाइभर्सन निर्माणको काम सुरु भएको र अहिले बिहान केही बेर अघि एकतर्फी रुपमा सडक संचालनमा ल्याईएको हाे ।
सडक भासिएर पूर्व-पश्चिम राजमार्ग अवरुद्ध भएपछि सवारीसाधन प्रवेशमा रोक लगाइएको थियो।
सडक एकतर्फी खुलेसगै पूर्वतर्फ दुम्कीबास र पश्चिमतर्फ बर्दघाटमा रोकिएका सवारीसाधन गन्तव्यतर्फ जान सुरु गरेका छन् । पानी परेदेखि सडक पुन: अवरुद्ध हुने सम्भावना भने रहेको छ ।