शुक्रबार, कार्तिक १३ २०८३

शुक्रबार, कार्तिक १३ २०८३

४४ अंकले बढ्यो नेप्से

सामुहिक लगानी कोष बाहेक सबै समुहको सुचक हरियो

सोमबार, असोज १४ २०८१

काठमाडौं । नेप्से उच्च अंकले बढेको छ । अघिल्लो दिन दोहोरो अंकले घटेको नेप्से आज सोमबार ४४ दशमलव ४५ अंकले बढेर २५ सय आठ दशमलव ८६ अंकमा पुगेकोमा सेन्सिटिभ इन्डेक्स पनि छ दशमलव ४५ अंकले बढेर चार सय ५१ दशमलव ३४ अंकमा चढेको छ । तीन सय १९ वटा कम्पनीहरुको ५० हजार छ सय ८० पटकको कारोबारमा ९७ लाख १७ हजार नौं सय ५९ कित्ता शेयर किनबेच हुँदा आज कुल कारोबार रकम तीन अर्ब ७१ करोड ५३ लाख ५५९ हजार नौं सय ३५ रुपैंयाँ कायम भएको छ।

नेप्सेमा आज १३ वटा समुहहरुको शेयर कारोबार भएको मध्ये सामुहिक लगानी कोष समुहको सुचक घटेपनि बाँकी समुहहरुको सुचक बढेका छन् । सो मध्ये आज बाँणिज्य बैंक समुहको सुचक १६ दशमलव ८९ अंकले बढेर १४ सय ४४ दशमलव ५९ अंकमा चढेको छ भने जलविधुत समुहको सुचक पनि ३६ दशमलव २४ अंकले बढेर २९ सय ९३ दशमलव २८ अंकमा चढेको छ । जीवन बीमा समुहको सुचक पनि दुई सय १७ दशमलव २० अंकले बढेर १२ हजार चार सय दुई दशमलव ७८ अंकमा चढेको छ भने निर्जीवन बीमा समुहको सुुचक पनि ९० दशमलव १२ अंकले बढेर १२ हजार छ सय ६७ दशमलव १७ अंकमा चढेको छ । बिकास बंैंक, फाईनान्स, होटल तथा पर्यटन, लगानी, उत्पादनमुलक, लघुवित्त, अन्य र व्यापार समुहको सुचक पनि बढेका छन्।

नेप्सेमा आज सिईडबी हाईड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले सबैभन्दा बढी कमाएको छ भने बढी प्रभु सेलेक्ट फण्डले सबैभन्दा बढी गुमाएको छ । सिईडबी हाईड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको भने आज सबै भन्दा बढी रकम कारोबार भएको छ।