काठमाडौं । चलचित्र ‘एक्टरः टेक वन’ को टिजर सार्वजनिक भएसँगै नेपाली सिनेप्रेमीहरूबीच निकै चासोको विषय बनेको छ । आगामी कार्तिक १५ (लक्ष्मी पूजा) मा रिलिज हुने यो चलचित्रको टिजर युट्युबको लागि नेपाल ट्रेन्डिङको नम्बर २ स्थानमा पुगेको छ । टिजरले छोटो समयमा नै व्यापक लोकप्रियता कमाएको हो । यो ट्रेन्डिङले यस चलचित्रप्रति दर्शकको अपेक्षा र उत्सुकता बढ्दै गएको स्पष्ट भएको छ।
१ मिनेट २० सेकेन्ड लामो टिजरमा प्रदिप खड्का, आना शर्मा, र नवप्रवेशी दिव्या रायमाझीका रोमान्टिक दृश्यहरूलाई प्रस्तुत गरिएको छ भने चलचित्रमा तनावपूर्ण सम्बन्धहरूको चित्रणले थप रहस्य कायम गरेको छ । राजबल्लभको संवादले चलचित्रको कथा कस्तो हुन सक्छ भन्ने जिज्ञासा दर्शकमा बढाएको छ । यो चलचित्रको टिजरमा सुपरस्टार प्रदिप खड्काका विभिन्न चरित्रहरूको झलक देखाइएको छ, जसले चलचित्रप्रति दर्शकको उत्सुकता बढाएको छ । राजबल्लभ कोइरालाले स्टाइलिस लुक्समा इन्ट्री लिएको यो चलचित्रमा उनी १० वर्षपछि पुनः ठूलो पर्दामा फर्किएका छन्।
दिव्या रायमाझीले यही चलचित्रबाट आफ्नो अभिनय यात्रा सुरु गरेकी छन्, जहाँ उनलाई ‘बोल्ड एन्ड ब्यूटिफूल’ रूपमा प्रस्तुत गरिएको छ । दिव्या, चर्चित अभिनेता दिलीप रायमाझीकी छोरी हुन्, र उनी अमेरिकाबाट नेपाल फर्केर यो चलचित्रमा अभिनय गर्न थालेकी हुन्।
यस चलचित्रलाई राजन भुसालले निर्देशन गरेका छन् भने स्क्रिप्ट आकाश बराल र राजन भुसालले लेखेका हुन् । यस चलचित्रमा प्रदिप, आना, दिव्या, राजबल्लभका साथै दिव्य देव, उषा रजक, सुशील सिटौलालगायतका कलाकारहरूको प्रमुख भूमिका रहेको छ । अदृत फिल्मस् र मोती फिल्मस्को संयुक्त प्रस्तुति रहेको यो चलचित्रमा निर्माता थमन कुमार भण्डारी र सह–निर्माता अनिश भुसाल रहेका छन्।
चलचित्रको छायाङ्कन नरेन्द्र मैनालीले गरेका हुन् भने सम्पादन निमेष श्रेष्ठले गरेका छन् । सङ्गीत हर्कुलस बस्नेत, रोहित शाक्य, र एलिस कार्कीले दिएका छन्, र कोरियोग्राफी शिशिर खाती र किरण थापाले गरेका छन् । पोस्ट–प्रोडक्सन सुपरभाइजर साहिल खान रहेका छन् । यस चलचित्रमा रोयल भिमसेन र ट्राइडेन्ट कन्सेप्ट टिमको पोस्टर तथा पब्लिसिटी डिजाइन रहेको छ । चलचित्रको मिडिया प्लानिङ एक्जुकेटिभ जीवन पराजुली रहेका छन् भने ईभेन्ट प्लानर लिभेन्ट्स स्टुडियो रहेको छ । द्वन्द्व निर्देशन अष्ट महर्जनले र कला निर्देशन कृष्णमान तामाङले गरेका छन्।
टिजर भिडियो