बिहिबार, कार्तिक २६ २०८३

बिहिबार, कार्तिक २६ २०८३

झ्याप्ले खोला पहिरोमा भेटिए थप १३ शव

आइतबार, असोज १३ २०८१

काठमाडौं । झ्याप्ले खोलामा पुरिएका १३ जनाको शव निकालिएको छ ।

फेला परेका शव गोरखाबाट काठमाडौंतर्फ आउँदै गर्दा सम्पर्कविहीन भएको बसका यात्रु हुन सक्ने प्रहरीले अनुमान गरेको छ ।

अहिले बस निकाल्ने काम भइरहेको छ । सोही क्रममा यी शव फेला परेको हो । फेला परेको बस आधामात्रै देखिएकाले बस नम्बर पहिचान भइसकेको छैन ।

हिजो यहाँ दुई वटा बस पुरिएको अवस्थामा फेला परेका थिए । ती बसबाट १४ जनाको शव निकालिएको थियो