बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

प्रचण्डले आह्वान गरेको सर्वदलीय बैठक स्थगित

आइतबार, असोज १३ २०८१

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आह्वान गरेको सर्वदलीय बैठक स्थगित गरिएको उनको सचिवालयले जनाएको छ ।

अध्यक्ष प्रचण्डले अविरल वर्षा, बाढी पहिरो र त्यसबाट उत्पन्न परिस्थितिबारे छलफल गर्न भन्दै आज बिहान १० बजे सिंहदरबारस्थित कार्यालयमा सर्वदलीय बैठक बोलाएका थिए ।

सरकारले पनि सर्वदलीय बैठक बोलाएकाले प्रमुख प्रतिपक्ष दलका नेता प्रचण्डले बैठक स्थगित गरेका हुन् ।