बिहिबार, कार्तिक २६ २०८३

बिहिबार, कार्तिक २६ २०८३

धादिङको झ्याप्ले खोला क्षेत्रमा थप ३ वटा शव भेटिए

आइतबार, असोज १३ २०८१

काठमाडौं । त्रिभुवन राजपथअन्तर्गत पर्ने धादिङको झ्याप्ले खोला क्षेत्रमा थप ३ वटा शव भेटिएका छन् ।

नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीले पहिरो उत्खनन गर्दा अर्को बस भेटिएको हो ।

अहिले पुरिएको अवस्थामा रहेको बसको केहि भाग मात्र देखिएकोले कस्तो बस हो भन्ने बारेमा केहि बेरपछि जानकारी हुने भएको छ ।

शुक्रबार गोरखाबाट काठमाडौँका लागि हिडेको यात्रु बस र शुक्रबार नै चितवनबाट काठमाडौँका लागि हिडेको माइक्रो बस अहिलेसम्म सम्पर्कविहिन भएको बताइएको छ ।

शनिवार बिहान एउटा बस पुरिएको अवस्थामा भेटिएपछि निकाल्ने क्रममा ती शव भेटिएको सशस्त्र प्रहरी बलका प्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए ।

झ्याप्ले खोलामा पहिरोमा पुरिएको बस र माइक्रो बसबाट शनिवार १४ जनाको शव निकालिएको थियो ।