सप्तरी। कोशीमा पानीको बहाव घट्न थालेको छ । कोशी ब्यारेज नियन्त्रण कक्षले बल्ल पानीको बहाव घट्न लागेको जनाएको हो।
६ लाख ६१ हजार क्युसेक बहाव पुगेको पानीको गति अहिले कम भएर ६ लाख ५५ हजारमा पुगेको जनाइएको छ ।
यद्यपि अहिले खतराको भने उच्च नै रहेको छ । कोशी ब्यारेजको पुलमाथि पानी बगेका कारण पुलमा थुप्रिएको फोहोर आइतबार बिहानबाट सफा गर्न थालिएको छ ।
यता सप्तरीको हनुमाननगर कङ्कालिनी नगरपालिका वडा नं.१३ चारैतिर कोशीको भङ्गालोले घेरिएको गोबरगाडा टापुमा कोशीको बाढी बस्तीमा पसेको छ । अहिले गाउँमा दुईदेखि चार फिटसम्म पानी बगिरहेको छ ।
कोशी नदीको बहाव इतिहासकै दोस्रो उच्च बिन्दुमा पुगेको छ । यसअघि कोशीमा सन् १९६८ सालमा कोशीमा आइतबारको भन्दा बढी पानी बगेको थियो । त्यस बेला ७ लाख ८८ हजार २ सय क्युसेक पानी कोशी ब्यारेज हुँदै बगेको थियो ।