बुधबार, साउन १३ २०८३

बुधबार, साउन १३ २०८३

खराब ब्याटिङका कारण सिरिजको पहिलो खेलमा नेपाल क्यानडासँग पराजित

आइतबार, असोज १३ २०८१

काठमाडौँ – टी-२० त्रिकोणात्मक सिरिजको पहिलो खेलमै नेपाल पराजित भएको छ। शनिबार राति भएको खेलमा क्यानडासँग नेपाल १४ रनले पराजित भएको हो। क्यानडाले दिएको १२४ रनको लक्ष्य पछ्याएको नेपालले १९ ओभरमा सबै विकेट गुमाउँदै १०९ रन मात्रै बनाउन सक्यो।

कप्तान रोहितले सर्वाधिक ३७ रन बनाए। ३९ बल खेलेका उनले समान दुई चौका र छक्का प्रहार गरे। कुशल मल्ल १२, देव खनाल ११ र सन्दीप लामिछाने १० रनमा आउट हुँदा अन्य ब्याटरले दोहोरो अंकमा रन बटुल्न सकेनन्।

क्यानडाका कलिम सानाले सर्वाधिक चार विकेट लिए। साद बिन जाफरले तीन र प्रविण कुमार र अखिल कुमारले समान एक विकेट लिए।