शुक्रबार, कार्तिक १३ २०८३

शुक्रबार, कार्तिक १३ २०८३

निरन्तर वर्षाले अनेरास्ववियु (क्रान्तिकारी)को सम्मेलन प्रभावित

अध्यक्षका बलिया प्रत्यासी भुसाल बाढि पिडितको उद्धारमा व्यस्त, अन्य मत माग्न व्यस्त

शनिबार, असोज १२ २०८१

काठमाडौं । नेकपा (माओवादी केन्द्र) निकट विद्यार्थी संगठन अनेरास्ववियु (क्रान्तिकारी) को बिहीबारदेखि सुरु भएको सम्मेलन निरन्तर बर्षाले प्रभावित बनेको छ।

आजबाट सुरु गर्नुपर्ने विधानमाथिको छलफल बर्षाको कारण भोलि आइतवारका लागि सारीएको छ । निरन्तर बर्षाले सम्मेलन स्थल त्रिवि जलमग्न अवस्था छ, देशभरिबाट आएका प्रतिनिधि बसीरहेको स्थान समेत जलमग्न छ। सम्मेलनका लागी भनेरै काठमाडौं आउदै गरेका केहि प्रतिनिधि बाढि, पहिरोकै कारण बाटोमा नै अलपत्र अवस्थामा रहेका छन् ।

प्रतिनिधिहरुले सम्मेलन सारेरै भएपनि क्रान्तिकारी नेताहरु बाढि, पहिरो पिडितको उद्धार कार्यमा जुट्नुपर्ने बलियो मत राख्न थालेका छन् भने केहि सम्मेलन स्थल परिवर्तन गरेर भएपनि समयमा नै सम्मेलन सम्पन्न गर्नुपर्ने मत राख्छन।

निरन्तर बर्षाले उपत्यका तहसनहस भइरहेका बेला अखिल क्रान्तिकारीका अध्यक्षका बलियो प्रत्यासी इन्द्र भुसाल भने उपलब्ध प्रतिनिधिसहित आज दिनभर जसो उद्धारकार्यमा व्यस्त रहे । उनले क्रान्तिकारी युवाविद्यार्थीहरुलाई जनताको उद्धार तथा राहत कार्यमा जुट्नसमेत अपिल गरेँ । उनले भनेँ- ‘राजनिति गर्नेहरुको पहिला काम नै जनताको सेवा हो, अविरल बर्षाका कारण जनता अफ्ट्यारो अवस्थामा छन्, जो जहाँ हुनुहुन्छ उद्धारकार्यमा जुट्नहोला, राहतमा जुट्नुहोला, एउटा नेपालीलाई अफ्ट्यारोमा सरकारलाको आश गरेर मात्र बस्ने हैन । हामी एक जना उद्धारमा निस्कियौ भने सबै जना जुट्ने अवस्था बन्छ।’

अध्यक्षका प्रत्यासी भुसाल उद्धारमा जुटिरहदा अन्य अध्यक्षका प्रत्यासी भने प्रतिनिधिहरुसँग मत माग्न मात्र व्यस्त रहेँ।