बिहिबार, कार्तिक २६ २०८३

बिहिबार, कार्तिक २६ २०८३

कोशी ब्यारेजको पुलबाट सम्पूर्ण आवतजावत बन्द

शनिबार, असोज १२ २०८१

मोरङ – कोशी ब्यारेजमा पानीको बहाब अत्यधिक बढेपछि पुलमाथिबाट बाढी बग्न थालेको छ । सुनसरीका प्रहरी उपरीक्षक विपिन रेग्मीका अनुसार शनिबार अपरान्ह चार बजे ५ लाख ४९ हजार क्युसेक बाढी मापन भएको छ । सप्तकोशी नदीको बहाव इतिहासकै दोस्रो उच्च बिन्दुमा पुगेको छ । यसअघि कोशीमा सन १९६८ सालमा कोशीमा आजको भन्दा बढी पानी बगेको थियो । सो बेला ७ लाख ८८ हजार २ सय क्युसेक पानी कोशी क्यारेज हुँदै बगेको थियो ।

कोशी बाराज कन्ट्रोल रुमका अनुसार ५६ वर्ष यता सप्तकोशी नदीमा पानीको बहाव उच्च भएको जनाको छ । अहिले केही पानी बाराज माथिबाट बगिरहेको छ । २०११ सालमा कोशी सम्झौता भएपछि भारत तर्फ पानी लैजानका लागि इन्टेक बनाउन बाराजको निर्माण भएको हो । ब्यारेज पुरानो भएका कारण पटक–पटक खतरा हुने चेतावनी दिइँदै आएको छ ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख प्रहरी उपरीक्षक विपिन रेग्मीका अनुसार पानी ब्यारेज माथिबाट बगेको बताए । ब्यारेज हुँदै पूर्व पश्चिम सडक खण्डमा सवारी साधन सञ्चालन हुने गर्छन् । पानीको बहाव उच्च भएका कारण दिउँसोबाट बाराजबाट आवतजावत बन्द गरिएको छ । अहिले बाराजका सबै ५६ वटै ढोका खुल्ला गरिएको छ ।