काठमाडौं । अविरल वर्षाका कारण आएको बाढीले ललितपुर महानगरपालिका नखिपोट कोलोनी क्षेत्रमा नख्खु खोलाले बगाउँदा बेपत्ता भएका मध्ये ३ जनाको उद्दार गरिएको छ । बाढीमा एक बालकसहित चार जना बगेका थिए ।
बाढीमा फसेका उनीहरुले टहराको छानोमा बसेर लामो समय उद्दारका लागि कुरिरहेका थिए । उद्दार हुन नपाउँदै उनीहरुलाई बाढीले बगाएको थियो ।
बाढीमा बगेका मध्ये एकजना बेपत्ता छन् ।