बिहिबार, कार्तिक २६ २०८३

बिहिबार, कार्तिक २६ २०८३

भक्तपुरमा पहिरोले घर पुरिँदा ३ जनाको मृत्यु, २ जना बेपत्ता

शनिबार, असोज १२ २०८१

भक्तपुर । भक्तपुरमा पहिरोले घर पुरिँदा ३ जनाको मृत्यु भएको छ भने अन्य २ जना बेपत्ता छन् ।

सूर्यविनायक नगरपालिकास्थित पलासे भन्ने स्थानमा पहिरोले टिनको छानो भएको घर बगाउँदा ३ जनाको मृत्यु भएको जिल्ला प्रहरी परिसर भक्तपुरका इन्स्पेक्टर टेकेन्द्र शर्मा पौडेलले जानकारी दिए ।

उक्त घरमा ५ जना बस्दै आएको जानकारी पाएको र २ जनाको अवस्था अज्ञात रहेको उनले बताए ।

भक्तपुरकै अन्य केही ठाउँमा पहिरोले घर पुरिएको प्रहरीले जनाएको छ ।