राजबिराज । अविरल वर्षाका कारण सप्तकोशी ब्यारेजमा पानीको बहाव चार लाख १८ हजार दुई सय ८५ क्युसेक प्रतिसेकेण्ड मापन गरिएको छ । अहिले कोशी ब्यारेजका सबै ५६ वटा ढोका खोलिएको छ ।
शनिवार बिहान ७ बजे तीन लाख ८१ हजार आठ सय ४० क्युसेक प्रतिसेकेण्ड जलसतह मापन गरिएको थियो भने ८ बजे चार लाख १८ हजार दुई सय ८५ क्युसेक प्रतिसेकेण्ड जलसतह मापन गरिएको ब्यारेज नियन्त्रण कक्षले जनाएको छ ।
कोशी ब्यारेजमा अहिले खतराको सङ्केतको रातो बत्ती बालिएको छ । कोशी ब्यारेजमा पानीको बहाव एक लाख ५० हजार काट्नेबित्तिकै सर्वसाधारणलाई सचेत गर्नका निम्ति बत्ती बाल्ने गरिन्छ ।