पाँचथर । पाँचथरको फिदिम नगरपालिका–४ गढीस्थित चिसापानीमा घरमा पहिरो खस्दा आज बिहाना आमा छोरीको मृत्यु भएको छ ।
मृत्यु हुनेमा फिदिम–१२ की २४ वर्षीया सपना र उनकी ५ वर्षीया छोरी डोल्मा शेर्पाको घटनास्थलमै ज्यान गएको हो ।
आज बिहान ४ बजे तिर आदीवासी जनजाती महासंघको भवनसँगै रहेको घरमा सुतिरहेका बखत खसेको पहिरोले पुर्दा उनीहरु फिदिम–४ मा डेरामा बस्दै आएका थिए । साथीको घरमा सुत्न आएका बखत उनीहरुलाई पहिरोले पुरेको हो । त्यहाँ रहेका ३ जना भने भाग्न सफल भएका जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।
बिहान साढे तीनबजे पहिरो खसेको स्थानीयले बताएका छन् । मृतक आमा छोरीको शव प्रहरीले पहिरोबाट झिकेको छ ।
पहिरोले आदीवासी जनजाती महासंघ पाँचथरको भवन पनि पुरेको छ ।