सहकारी बचतकर्ताको रकम हिनामिना गरी २०८० जेठदेखि फरार बागलुङको ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपाली भारतको नयाँ दिल्लीबाट पक्राउ परेका छन्।
नेपाल प्रहरीको टोलीले उनलाई शुक्रबार नयाँ दिल्लीबाट पक्राउ गरेको हो।
बागलुङ र पोखरामा इमेज सहकारी खोलेर बचत हिनामिना गरी नेपाली फरार थिए। उनी इमेज सहकारीका संस्थापक अध्यक्ष हुन् । उनीसहित सहकारी सञ्चालकले १ हजार ५ सयभन्दा बढी बचतकर्ताको डेढ अर्बभन्दा बढी रकम हिनामिना गरेको मुद्दा बागलुङ जिल्ला अदालतमा चलिरहेको छ।
पक्राउ परेका नेपालीलाई नेपाल फर्काउन आवश्यक प्रक्रिया अघि बढेको पनि प्रहरीका एक उच्च अधिकारीले बताए। २०८० माघमा नेपाल प्रहरीको अनुरोधमा इन्टरपोलले नेपालीविरुद्ध रेड कर्नर नोटिस जारी गरेको थियो।