एजेन्सी । बंगलादेशका स्टार अलराउण्डर शाकिब अल हसनले सन्न्यासको घोषणा गरेका छन्। उनले बिहीबार अचानक पत्रकार बोलाएर आफ्नो अन्तिम टेस्ट दक्षिण अफ्रिकाविरुद्ध मिरपुरमा हुने बताए। शाकिब भारत भ्रमणमा बंगलादेशको टोलीमा थिए । यद्यपि शाकिब कानपुर टेस्ट खेल्नेमा भने शंका छ ।
‘मैले मेरो बोर्डलाई मिरपुरमा अन्तिम टेस्ट खेल्ने इच्छा व्यक्त गरेको छु । म घर फर्किने प्रयास पनि गरिरहेको छु, यदि त्यसो भएन भने भारतविरुद्धको कानपुर टेस्ट मेरो अन्तिम खेल हुनेछ,’ ३७ वर्षीय बंगलादेशी अलराउण्डर शाकिबले भनेँ, ‘म मेरो देश जान सक्छु तर मलाई थाहा छैन त्यहाँ मलाई के हुनेछ ।’
शाकिब अल हसन विगत केही दिनदेखि सेन्ट्रल सेरस कोरियोरेटिनोप्याथीबाट पीडित छन् । यो एक अवस्था हो जसमा आँखाको रेटिनामुनि तरल पदार्थ जम्मा हुन्छ । जसले दृष्टिमा बाधा पुर्याउँछ ।
यही समस्याका कारण भारतविरुद्ध चेन्नईमा खेलिएको पहिलो टेस्टमा शाकिबले घाँटीमा कालो धागो लगाएका थिए र त्यसलाई मुखले थिचेका थिए। यो विधि उनले आफैं बनाएका हुन्।
भारतविरुद्धको पहिलो टेस्टको पहिलो इनिङ्समा शाकिबले ३२ रनमात्र बनाउन सकेका थिए भने दोस्रो इनिङ्समा २५ रन मात्र बनाउन सकेका थिए। चेन्नईमा भएको यस टेस्टमा उनले कुनै विकेट लिन सकेनन्।